नेपालका लागि टीभीएस बाइक तथा स्कुटरको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले माघ १० गते शुक्रबार २ बजे टीभीएस शोरुम चितवन नारायघाटको मलाश्री मोटर्समा टीभीएस एनटर्क रेस एडिसन लन्च गर्ने जनाएको छ।
कार्यक्रममा जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइराला समेत सहभागी हुने बताइएको छ।
एनटर्क रेस एडिसनमा एलईडी डीआरएल र एलईडी हेडल्याम्प रहेको छ। यसमा हजार्ड लाइट अर्थात आकष्मिक बत्ति पनि छ, जसलाई रातो रङको हजार्ड स्विचद्वारा इनेबल गर्न सकिन्छ। स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिक्ससँगै ‘रेस एडिसन’ ले यसको रेसिङ पेडिग्रीलाई झल्काउँछ। सो स्कुटर विभिन्न तीन कलर अप्सनमा उपलब्ध छ। यसको मूल्य २ लाख ४६ हजार ९ सय रुपैयाँ तोकिएको छ।
कम्पनीले एनटर्क १२५ मा कुनै मेकानिकल परिर्वतन भने गरेको छैन। एनटर्क १२५ मा १२४.७ सीसी सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन रहेको छ। यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ।
यसमा स्मार्ट एक्सकनेक्टद्वारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिन्छ।
Shares
प्रतिक्रिया