ललितपुरमा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोल ट्याम्पोपार्कमा बस्ने खोटाङ केपीलासगढी गाउँपालिका-५, घर भएका २६ वर्षीय नरबहादुर खत्रीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। उनले ९ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ।
नरबहादुरले ती बालिकालाई ललाईफकाई सोही महानगरपालिका-२८ हरिसिद्धि चाइनिज टायल कारखानाको कम्पाउन्डको खाली जग्गामा लगी बलात्कार गरेको प्रहरीको दाबी छ।
खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
63
Shares
प्रतिक्रिया