ad ad

बागमती


रेबिज रोग नियन्त्रणका लागि बागमती सरकार प्रतिवद्ध छ : मन्त्री श्रेष्ठ

रेबिज रोग नियन्त्रणका लागि बागमती सरकार प्रतिवद्ध छ : मन्त्री श्रेष्ठ

नेपालखबर
असोज ११, २०८० बिहिबार २०:४३, काठमाडौँ

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्री राजेन्द्रमान श्रेष्ठले रेबिज रोग नियन्त्रणका लागि बागमती प्रदेश सरकार जिम्मेवार रहेको बताएका छन्।

बिहीबार कृषि तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश हेटौंडाले आयोजना गरेको विश्व रेबिज दिवस २०८० को कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

रेबिज रोग विरुद्ध सप्ताहव्यापी मात्रै होइन, वर्षको ३६५ दिन नै यस्तो अभियानहरू जारी राख्नुपर्ने मन्त्री श्रैष्ठले बताए।

प्रदेश स्थापना भएको ६ बर्ष पूरा भइसक्दा पनि प्रदेश सरकारसँग रेबिज रोगको एकिन तथ्यांक नहुनु दुखद् भएको बताउँदै उनले भने, ‘अबदेखि रेबिज रोगको एकिन तथ्यांक राख्न सबै सरोकारवाला निकायको ध्यान जान जरुरी छ। कुनै पनि रोग माहामारीको रुपमा फैलिएमात्रै चासो देखाउने प्रवृत्तिको हावी भयो।’

रेबिज रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजना समेत तयार गर्न सरोकारवाला निकायहरुलाई मन्त्री श्रेष्ठले निर्देशन दिए।

यस्तै, कृषि मन्त्रालयका सचिव राजेन्द्र कोइरालाले रेबिज विरुद्धको भ्याक्सिन लगाउने जनशक्तिको कमि रहेको बताए।

सचिव कोइरालाले कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा रेबिज नियन्त्रणका लागि हुनसक्ने प्रमुख उपायहरु के हुन्? यसैअनुसारको कार्ययोजना बनाएर नियन्त्रणमा लागे आउँदो २०३० सम्ममा रेबिज मुक्त प्रदेश बनाउन सकिनेमा दुईमत नरहेको बताए।

रेबिज रोकथाम र यस रोगविरूद्ध सचेतना जगाउन हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिजविरुद्धको दिवसको रूपमा मनाइन्छ।

यस वर्षको दिवसका लागि ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ भन्ने नारा तय गरिएको छ।

यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रूपमा समेत मनाइन्छ। 

फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरूद्धको पहिलो खोप विकास गरेका थिए।। नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .