स्थानीय स्काउट कार्यालय गोदावरीले नगरपालिकामा रहेका बुुद्ध माध्यमिक विद्यालय, वाणीविलास माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयका १७० विद्यार्थीहरूलाई स्काउट पोसाक वितरण गरेको छ।
नगरपालिकामा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख एवंम गोदावरी स्काउटका संरक्षक गजेन्द्र महर्जन, नगरपालिका उपप्रमुख एवंम प्रमुख स्काउट मुना अधिकारी, प्रमुख प्रशासकीय अधिकृत प्रविन कोइराला र नगरपालिकाका शिक्षा शाखाका प्रमुुख एवंम नगर स्काउटका सदस्य सचिव दिनानाथ पन्थीले पोशाक हस्तान्तरण गरेका हुन्।
बालबालिकालाई स्काउट पोशाक वितरण कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुुख गजेन्द्र मर्हजनले बालबालिका तथा युवा वर्गलाई शारिरीक, मानसिक र बौद्धीक विकास गरी उनिहरुलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागि गराउन नेपाल स्काउटले महत्वपूर्ण भुमिका खेल्ने बताए।
नगरपालिकाभित्रका हरेक विद्यालयका बाललबालिकाहरूलाई स्काउटिङ शिक्षा पुयाउने लक्ष्यका साथ उक्त कार्यक्रम सन्चालनमा ल्याएको र अहिलेको समयमा स्काउटिङ शिक्षा अनिवार्य रहेको उनको भनाई थियो।
कार्यक्रममा नगरपालिकाका उपप्रमुुख एंवम नगर स्काउटका प्रमुख स्काउट मुना अधिकारीले समाजको सेवामा सधै दत्तचित्त भएर अघि बढ्न आग्रह गर्दै स्काउट सधै निस्वार्थ भावले अघि बढ्न आग्रह गरिन्।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै शिक्षा शाखा प्रमुख एवंम गोदावरी नगर स्काउटका सदस्य सचिव दिनानाथ पन्थीले बालबालिकाले सानै उमेर देखि सामाजिक सेवाभाव प्रति आर्कशित गराउन, शान्ति, सुशासन, मेलमिलापका बारेमा बुझाउन स्काउटले महत्वपुर्ण भुमिका खेल्ने बताए।
कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक देवराज घिमिरेले गोदावरी नगरपालिकाले स्काउट शिक्षालाई प्राथमीकताका साथ अघि बढाएकोमा शुभकामना ब्यक्त गदै नगर स्काउटको विकासका लागि सधै राष्ट्रिय प्रधान कार्यलय साथमा रहेको बताए।
प्रतिक्रिया