बागमती प्रदेशसभाको पहिलो बैठक आज दिउँसो १ बजे बस्दै छ। प्रदेश सभाको दोस्रो कार्यकालका लागि नवनिर्वाचित सांसदहरुको पहिलो बैठक आज बस्न लागेको हो।
बिहिबार नवनिर्वाचित सांसदहरुले सपथ लिएका थिए।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार आज दिउँसो बस्ने बैठकको लागि अहिले सर्वदलीय बैठक बसिरहेको छ।
४ मंसिरमा भएको आम निर्वाचनमा बागमतीमा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३, हाम्रो नेपाली पार्टीका २ जना निर्वाचित भएका थिए।
18
Shares
प्रतिक्रिया