ad ad

बागमती


बागमती माओवादी संसदीय दलको नेतामा ४ जनाको दाबी

काठमाडौंमा बिहानैदेखि बैठक जारी
बागमती माओवादी संसदीय दलको नेतामा ४ जनाको दाबी

सुनिता विष्ट
पुस १५, २०७९ शुक्रबार १४:३, हेटाैंडा

नेकपा माओवादी केन्द्रले बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि तीव्रता दिइरहेको छ। 

दलको नेता चयन गर्न प्रदेश कमिटिको बैठक काठमाडौंमा जारी छ। 

बिहानैदेखि छलफल चलिरहेको र पहिलो चरणको छलफल सहमतीमा पुग्न सकेकाे छैन। मुख्यमन्त्रीमा दाबी गर्दै आएका सिन्धुपाल्चोक २ (ख) का प्रदेशसभा सदस्य युवराज दुलालका अनुसार सहमति गराउनेगरी प्रयास जारी छ। 

‘एक राउण्ड छलफल सकियो। सहमती गर्नु पर्नेमा जोड छ,’ दुलालले नेपालखबरसँग भने, ‘बैठक फेरि चल्छ। सकेसम्म सहमतीको प्रयास हुनेछ। भोली सम्ममा टुंगिन्छ।’

संसदीय दलको नेतामा माओवादी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, प्रदेशका बहालवाला आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेल र प्रदेशका पूर्व सामाजिक विकासमन्त्री युवराज दुलाल,  प्रदेशसभाको पूर्व उपसभामुख राधिका तामाङ, रामेछापबाट निर्वाचित सदस्य युवराज चौलागाईं लगायतले संसदीय दलको नेतामा दाबी गर्दै आइरहेका छन्। यद्यपी मुख्य दावेदारको रुपमा पौडेल र जम्मकट्टेललाई लिइएको छ।

जम्मकट्टेल अघिल्लो कार्यकालमा पनि प्रदेश संसदीय दलको नेता थिए। अघिल्लो कार्यकालमा मुख्यमन्त्रीको सपना देखेका उनलाई यो सपना दोस्रो कार्यकालमा पूरा गर्न तीव्रता दिन चाहान्छन् भने पौडेल सधैं एकै व्यक्तिले पद पाइरहन नहुने भन्दै आफू नै संसदीय दलको नेता हुन पर्ने दाबी गर्दै आइरहेका छन्। 

केन्द्रको सत्ता समीकरण अनुसार नै प्रदेशमा पनि माओवादीको हातमा मुख्यमन्त्रीको भाग पर्न सक्ने प्रवल सम्भावना छ। जसकारण प्रदेश संसदीय दलको नेता चयन गर्न पार्टीभित्रै सहमती हुन नसकेको हो।

मुख्यमन्त्रीका दुई दाबेदार जम्मकट्टेल र पौडेल दुवै सहमतीमा एकले अर्कालाई छोड्ने पक्षमा देखिएका छैनन्। सहमतीबाट चयन गर्न नसकिए निर्वाचन प्रणालीमा जाने नेताहरुले बताएका छन्।

यदी निर्वाचन प्रणाली भए संसदीय दलको नेता बन्न ११ मत आवश्यक पर्छ। बागमती प्रदेश सभामा नेकपा माओवादी केन्द्रले २१ सिट जितेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .