ad ad

अटो


सुजुकीको विश्वस्तरीय सर्भिस सेन्टर डल्लुमा

सुजुकीको विश्वस्तरीय सर्भिस सेन्टर डल्लुमा

नेपालखबर
असोज ९, २०७६ बिहिबार ७:५१,

सीजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सीजी होल्डिङ्स तथा सुजुकी फोर ह्वीलर्स नेपालले काठमाडौंको डल्लुमा आधिकारिक सर्भिस सेन्टरको शुभारम्भ गरेको छ।

उक्त शोरुसमको उद्घाटन सुजुकी मोटर कर्पोरेशन जापानका प्रबन्ध अधिकारी किन्जी साइतो तथा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीले सामुहिक रुपमा गरे।

बिहिबार शुभारम्भ गरिएको सर्भिस सेन्टर २३ हजार ३ सय ८१ दशमलव ५२ स्क्वायर फिटको क्षेत्रफलमा फैलिएको छ।

CG4

यस सर्भिस सेन्टरमा प्रतिमहिना २ हजार कारको सर्भिस क्षमता रहेको छ। ११ वटा सर्भिस क्षेत्रहरु यसमा रहेका छन्। जसमा दुई वटा एक्स्प्रस तथा एउटा ह्वील अलाइनमेन्ट क्षेत्र रहेको कमपनीले जनाकारी गराएको छ।

सुजुकीको डाइग्नोस्टिक टुल्सहरुद्वारा सुसज्जित गरिएको यस सेन्टरमा ३ ह्वील एलिजमेन्ट सिस्टम, अटो ब्रेक विल्डर, सेन्टरलाइज लुब्रिकेन्ट सिस्टम, फिउल इन्जेक्टर क्लिनर्स, एयर कण्डिसन, रिफ्लानिङ, लिकेज डिक्टेटर ह्वील ब्यालेन्सरलगायत अन्य सुजुकीको गाइडलाईन अनुसर सम्र्पूण स्पेसियल टुल्सहरु राखिएको कम्पनीले जनाएको छ।

sujuki show2

बिक्री पछिको सहज एवं गुणस्तरिय सेवा प्रदान गर्न ग्राहकमुखि सेवा युनिटको स्थापना गरिएको छ।

जसले ग्राहकलाई सर्भिसिङको जानाकारी प्रदान गरि पोष्ट सर्भिस क्वालिटी चेक समेत गर्ने गर्दछ। सर्भिस सेन्टरमा अत्याधिक प्रविधिको प्रयोग गरिएको छ। सीजी मोटोकर्पले आफ्ना सम्पूर्ण सर्भिस टिमहरुलाई उच्चस्तरिय ट्रेनिङ समेत प्रदान गरेको कमपनीको भनाई छ।

CG3

पकि एण्ड ड्रप सिस्टम तथा मोबाइल सर्भिस भ्यानको समेत सुविधा उपलब्ध गरिएको छ। नेपालमा सुजुकीको ३७ स्थानमा सेल्स आउटलेटहरु ३९ स्थानमा सर्भिस सेन्टरहरु तथा ३ सय ५० भन्दा बढी सट्रिफाइड पार्टस आउटलेटहरु रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .