हुण्डाईका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहकहरुको लागि हटलाइन सेवा सुरु गरेको छ।
अहिले कोभिडद्वारा उत्पन्न भएको विषम परिस्थितिमा पनि हुण्डाईका सवारी चालकहरुलाई आपत्कालीन सेवा प्रदान गर्न यो सेवा सुरु गरिएको हो।
हुण्डाई आफ्नो ग्राहकहरुप्रति समर्पित रहँदै सदैव गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउन प्रतिबद्ध छ । यो आकस्मिक हटलाइन सेवा पनि यसैको स्वरुप हो।
यो सेवा काठमाडौं उपत्यकाका लागि सुचारु गरिएको छ र हटलाइन सेवाको लागि सम्पर्क नम्बर (मृनल : ९८०१२०१५२० तथा राजेन्द्र : ९८०१२३९२६०) तोकिएको छ ।
प्रतिक्रिया