ad ad

अटो


चितवन-मुक्तिनाथ मोटर र्‍याली गरिने

चितवन-मुक्तिनाथ मोटर र्‍याली गरिने

नेपालखबर
फागुन १९, २०७७ बुधबार १४:३४,

चितवनबाट पहिलो पटक चितवन–मुक्तिनाथ मोटर र्‍याली गरिने भएको छ।

आन्तरिक पर्यटन प्रर्वद्धन, मोटर खेल विकास र सुरक्षित यात्राको सन्देश जनचेतना फैलाउने लक्ष्य बोकेर नेपाल अटोमोबाइल एसोसिएसन प्रदेश नम्बर ३ र चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको संयुक्त आयोजनामा ३ दिने मोटर र्‍याली गरिने भएको हो।

आगामी चैत १५ देखि १७ गतेसम्म चितवन मुक्तिनाथ मोटर र्‍याली हुने कार्यक्रमका संयोजक तथा नेपाल अटोमोबाइल एसोसिएसन बागमती प्रदेशका अध्यक्ष राजन पियाले जानकारी दिए।

‘र्‍यालीको मुख्य उद्देश्य थला परेको नेपाली पर्यटन व्यवसायलाई अगाडि बढाउने हो अध्यक्ष पियाले भने, साथै सुरक्षित यात्रा र मोटर खेलको विकास प्रर्वद्धन सन्देश पनि हो।’

र्‍यालीका सहभागिहरुको निगरानीलाई विभिन्न ७ स्थानमा चेक प्वाईट राखिने आयोजकले जनाएको छ। तोकिएका चेकप्वाइन्टमा र्‍यालीमा सहभागिले अतिरिक्त क्रियाकलामा सहभागि हुँदै अंक बटुल्नेछन्। तोकिए अनुसारको सहभागिहरुले सवारी साधान चलाउनु पर्नेछ र तोकिएका कार्यभार पूरा पनि गर्नु पर्नेछ। भने सोही आधारमा उपाधी समेत दिइने उनले बताए।

चितवनको भरतपुरबाट सुरु हुने र्‍याली मुग्लिन, पोखरा, बेनी, लेते, मार्फा, जोमसोम हुँदै मुक्तिनाथमा पुग्नेछ। जान आउन गरेर ६ सय किलोमिटरको रयालीको तयारी समेत तीव्र पारेको उनले बताए।

साथै कालीगण्डकी किनारमा मोटर स्पोर्टस् प्रतिस्पर्धाका विभिन्न खेल पनि समावेश गरिएको उनले बताए। र्‍यालीमा ३० वटा सवारी साधनमा १ सय जना सहभागी हुने आयोजकको दावी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .