ad ad

अटो


थर्ड व्हिलद्वारा दुई नयाँ इलेक्ट्रिक स्कुटर बिक्री सुरु, २५ हजारसम्मको छुट

थर्ड व्हिलद्वारा दुई नयाँ इलेक्ट्रिक स्कुटर बिक्री सुरु, २५ हजारसम्मको छुट

नेपालखबर
माघ २, २०७७ शुक्रबार १५:२,

थर्ड व्हिलले नेपाली बजारमा दुई नयाँ इलेक्ट्रिक स्कुटर उपलब्ध गराउन थालेको छ। कम्पनीले शुक्रबारदेखि अनलाइनमार्फत् ती स्कुटर बिक्रीको सेवा सुरू गरेको हो।

थर्ड ह्विल विगत २ वर्ष देखि नै अनलाइन माध्यमबाट दुई पाङ्ग्रे सवारीको सर्भिसिङ गर्ने, पार्टपुर्जा बिक्री गर्ने, तथा बाइक तथा स्कुटरहरुको एक्सोसेरिसहरुको बिक्री लगायतका सेवा दिँदै आएको थियो। थर्ड ह्विलले व्यवसाय विस्तारको नयाँ अध्यायका रूपमा इलेक्ट्रिक स्कुटरहरु अनलाइन प्लेटफर्म मार्फत् बिक्री वितरण गर्ने कामको थालनी गरेको छ।

कम्पनीले भारतको प्योर कम्पनीका इ–प्लुटो र इट्रान्स नियो नामका दुई स्कुटर बिक्रीमा राखेको छ। भारतीय ब्रान्डका यी स्कुटर किन्न चाहनेले अनलाइनमा अर्डर गरेपछि ‘टेस्ट ड्राइभ’ गर्न घर अथवा अफिसमा नै उपलब्ध हुनेछन्।

ई प्लुटो ७ जी को मूल्य २ लाख ४९ हजार कायम गरिएको छ। क्रोम फिनिस्ड बडी रहेको ई प्लुटोमा २.५ किलोवाट आवरको पोर्टेबल ब्याट्री प्याक दिइएको छ जसले फुल चार्जमा ९० देखि १ सय २० किलोमिटर दौडन सक्ने क्षमता राख्छ।

तीन स्पिड मोड दिइएको स्कुटर ६० किलोमिटर प्रतिघन्टाको गतिमा दौडन सक्छ। स्कुटरमा एलईडी ड्यासबोर्ड दिइएको छ भने ३० एनएमको टर्क उत्पादन गर्न सक्छ।

स्कुटरमा प्रयोग भएको ब्याट्रीमा ३ वर्ष वा ४० हजार किलोमीटरको वारेन्टी कम्पनीले नै दिएको छ भने थर्ड ह्विलले आफ्ना ग्राहकका हकमा एक वर्ष इमर्जेन्सी मेन्टिनेन्सको सुविधा थप गरेको छ।
नियो इट्रान्समा भने क्रोम फिनिसबाहेक सबै विषेशता छन्। स्कुटरको मूल्य २ लाख ३४हजार
रूपैयाँ तोकिएको छ।

थर्ड ह्विलले बेच्न लागेका यी स्कुटरहरु माछापुच्छ्रे बैंक, नबिल बैंक र एनआईसी एसिया बैंकबाट शुन्य ब्याजदरमा किन्न सकिन्छ। स्कुटर किन्दा १० हजार रूपैयाँ बराबरको एसोसेरिज निःशूल्क तथा १५ हजार क्यास ब्याक पनि दिइने बताइएको छ। कम्पनीले स्कुटरमा एक वर्षको निःशूल्क सर्भिसिङको सुविधा दिइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .