महानगरीय ट्राफिक प्रहरी विभागले चार दिनमा १ सय २६ वटा ट्याक्सीमाथि कारबाही गरेको छ।
बुधबारमात्रै ट्राफिक प्रहरीले उपत्यकामा २१ ट्याक्सीमाथि कारबाही गरेको छ। विभागका अनुसार यात्रुलाई बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने २१ ट्याक्सी चालकमाथि कारबाही गरिएको हो।
मंगलबार पनि यस्तै प्रकृतिको उजुरीमा ट्राफिक प्रहरीले ३६ जना ट्याक्सी चालकमाथि कारबाही गरेको थियो। त्यस्तै ट्राफिक प्रहरीले सोमबार ३४ ट्याक्सीमाथि, आइतबार ३५ ट्याक्सीमाथि यस्तै कारबाही गरेको थियो।
3
Shares
प्रतिक्रिया