रेनोले नयाँ सव कम्प्याक्ट एसयूभी बजारमा ल्याउने भएको छ। रेनोले भारतमा छिट्टै सार्वजनिक गर्नेगरी नयाँ गाडीको नाम ‘किंगर’ राखेको छ।
रेनोले मारुती सुजुकीको ब्रेजा, हुन्डाईको भेन्यु, महिन्द्रा एक्सयुभी ३००, किया सोनेट र निशानको आउँदै गरेको म्याग्नाइटसंग मिल्दो फिचर भएको सब एसयुभी कम्प्याक्ट बजारमा ल्याउन लागेको हो।
रेनोले अहिले क्विड, ट्रिबर र डस्टरको गाडी बजारमा पकड जमाइ रहेका छन्। किंगरमा १ पेट्रोल इन्जिन सहित ३ सिलिन्डर हुने अनुमान गरिएको छ। गाडीको क्षमता र फिचर्सको बारेमा कम्पनीले आधिकारिक जानकारी भने अझै गराएको छैन।
भारतीय बजारमा किंगर २०२१ को शुरुमा आउने बताइएको छ।
प्रतिक्रिया