ad ad

अटो


भारतमा अनलाइनबाटै गाडी खरिद गर्नेको संख्या बढ्यो

भारतमा अनलाइनबाटै गाडी खरिद गर्नेको संख्या बढ्यो

नेपालखबर
मंसिर २, २०७७ मंगलबार ११:१७,

भारतमा अनलाइनबाटै कार खरिदको संख्या बढेको छ। मारुती सुजुकीले भारतमा अनलाइनबाटै २०१९ अप्रिलदेखी हालसम्म २ लाख कार विक्री गरिसकेको जनाएको छ।

भारतको सबैभन्दा ठुलो कार उत्पादन मारुती सुजुकीले २०१८ मा अनलाइनबाटै कार खरिद गर्न सक्ने व्यवस्था गरेको थियो। कम्पनीले कोभिड १९को कारण अनलाइन सेवा बढेको बताएको छ।

मारुती सुजुकीले भारतमा १ हजार भन्दाबढी डिलरलाई अनलाइनमा एकीकृत गरेको छ। अहिले कम्पनी तथा डिलरको वेबसाइटमा ५ गुणा बढी भिजिटर बढेका छन्।

मारुती सुजुकीले आफ्नो विक्रीको २० प्रतिशत अनलाइनबाटै हुने गरेको जानकारी दिएको छ। कोभिड १९ को महामारीकाबीच गत ५ महिनामा ३३ प्रतिशतले अनलाइन सोधपुछ बढेको कम्पनीले बताएको छ।

भारतमा भएको एक अध्ययनले ९५ प्रतिशत नयाँ गाडीको खरिद÷विक्री अनलाइनले प्रभावित पार्ने गरेको देखाएको छ। ग्राहकले गाडीको राम्रो पक्ष र नराम्रो पक्ष अनलाइनबाटै धेरै थाहा पाउने गरेका छन्।

कोभिड १९का कारण नेपालमा पनि गाडी विक्रेताले अनलाइन मार्फत गाडीको विषयमा बुझ्ने बढेपनि खरिद गर्न अझै हिचकिचाउने गरेको बताउँछन्। ग्राहकले गाडीको विषयमा अनलाइनबाट बुझ्ने तर खरिद गर्दा एकपटक स्वरुम भिजिट गर्ने गरेको व्यवसायीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .