ad ad

अटो


फोर्डको ईकोस्पोर्ट पावर च्यालेन्ज : याे अवस्थामा बुकिङ रकमभन्दा दोब्बर फिर्ता

फोर्डको ईकोस्पोर्ट पावर च्यालेन्ज : याे अवस्थामा बुकिङ रकमभन्दा दोब्बर फिर्ता

नेपालखबर
असोज २०, २०७७ मंगलबार ११:१९,

जिओ अटोमोबाईल्स प्रालि (जिओ फोर्ड) ले ‘फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना ल्याइको छ। फोर्ड इकोस्पोर्ट लोकप्रिय कम्प्याक्ट एसयुभी, बहुआयमिक तवरले लोकप्रिय एसयुभी हो र यसको २०२० मोडेलमा बहुमुखी प्रतिभा र क्षमता प्रदान गर्दै थप परिष्कृत स्टाइल र टेक्नोलोजीका साथ नेपाली ग्राहकका लागि उपलब्ध छन्। १५ सय सीसी ड्रयागन सीरीज इन्जिन जडिट, १२२ पीएस पावर प्रदान गर्ने इकोस्पोर्ट एसयुभी क्षेत्रमा सबैभन्दा शक्तिशाली एसयुभी हो।

यसै शक्तिलाई प्रमाणित गर्न र ग्राहकहरुलाई यसको इन्जिनको शक्ति अनुभव गराउन, फोर्डले फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज योजना ल्याएको छ। ग्राहकले यस योजनामा भाग लिन, न्युनतम रकममा फोर्ड इकोस्पोर्ट बुक गर्नु पर्नेछ र त्यसपछि ग्राहकले यस सेगमेन्टको अरु कुनै पनि गाडी चुनौतीको लागि रोज्न सक्दछ र फोर्ड इकोस्पोर्ट सँग पावर र पिकअपमा ठाडो उकालो सडकमा चुनौती दिन सक्छ। कम्पनी यति विश्वस्त छकि यदि इकोस्पोर्टले सेगमेन्टमा प्रतियोगीलाई हराएन भने ग्राहकले बुकिङ रकम भन्दा दोब्बर रकम फिर्ता पाउनेछ।

सन २०२० मा बनेको ईकोस्पोर्ट ‘भारत स्ट्याज भीआई (बीएस–भीआई) मा आधारित पेट्रोल र डिजेल इन्जिनका साथ आकर्षक मूल्यमा उपलब्ध छ। यो गाडी ड्राइभिङ्गको लागि रमाइलो, शक्तिशाली र पेट्रोल÷डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ। पेट्रोलमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५लि. टीआई–भीसीटी पेट्रोल ईन्जिन समावेश छ। जसले १२२ पीएस पावर र १४९ एनएम टर्क प्रदान गर्दछ।

पेट्रोल ईन्जिन पाँच स्पीड म्यानुअल ट्रान्समिशन र ६ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ।

ईकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो बीएसभीआईमा आधारित १.५ लि. डीटीसीआई डिजल ईन्जिन रहेको छ जसले १०० पीएस पावर र २१५ एनएम टर्क प्रदान गर्दछ र यो म्यानुअल ट्रान्समिशनमा उपलब्ध छ। यस ईकोस्पोर्टले आकर्षक बाहिरी बनावट, आरादायी भित्री बनावट तथा स्टाइल लाई कायम राखेको छ। साथै यो सन रुफ जडित भेरियन्टमा पनि उपलब्ध छ।

२०२० ईकोस्पोर्टमा ग्राहकहरुको लागि अतुलनीय सुरक्षा, आरामदायी सवारीका साथै हरेकपल कनेक्टेड रहन उच्चतम प्रविधिहरु जडान गरिएको छ। जस्तैस् चालक र यात्रीको सुरक्षाको लागि ६ वटा सम्म एयरव्याग रहेको छ। यसको माथिल्लो मोडेलमा मनोरञ्जन तथा कनेक्टिभिटीको लागि ८ ईन्चको टचस्क्रीनयुक्त एसवाईएनसी ३ सिस्टम, एप्पलकारप्ले तथा एण्ड्रोइड अटो उपलब्ध छ।

९ ईन्च टचस्क्रीन–आधारित इन्फोटेनमेन्ट प्रणाली रहेको छ। सवारी आरामदायी तथा सुविधाजनक बनाउन अरु धेरै उच्चतमप्रविधि जस्तै स्वचालित हेडल्याम्प, पुस बटन, स्टार्ट÷स्टप, डि.आर.एल रेन सेन्सिङ्गवाइपर आदि,पाउन सकिन्छ।

विस्तृत विवरणको लागि ग्राहकले ९८०१२०१२३५ वा नजिकैको फोर्ड बिक्रेताकोमा सम्पर्क गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .