मोटर्स स्पोर्टसका लागि तीन खेलाडी इन्डोनेसिया जाने भएका छन्।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को चारपांग्रे मोटर्सहरुको संस्था नेपाल मोटर्स स्पोर्टस क्लबको तर्फबाट अफिसियल टिम यदुराज लामिछानेको नेतृत्वमा तीन जना खेलाडीहरु अनिल बराल, जिस्बन तुलाधर र आशिष भारती अन्तर्राष्ट्रिय मोटर स्पोर्ट्स जेन्टा अटो एण्ड स्पोर्ट, इन्डोनेसियाको आयोजनामा हुने एसियन अटो जिमखाना च्याम्पियनशिपको खेलका लागि इन्डोनेशिया जाने भएका छन्।
विगत २०७२ सालदेखि नासासँगको सहकार्यमा नेपालमा विभिन्न मोटर स्पोर्ट्सका खेलहरु, पहिलो राष्ट्रिय नेशनल जिमखाना प्रतियोगिता, रोडसेफ्टी लिडरसिप तालिम र मोटर ¥यालीजस्ता उत्कृष्ट खेलहरु सम्पन्न गरिसकेका नेपाल मोटर्स स्पोर्टस क्लबका अध्यक्ष दिपक कुमार आचार्यले जानकारी दिए। यस खेलका लागि नेपालमा बनेको पीएलओ (पीएलओ) लुब्रिकेन्टस्, इको पोलिट्यांक, अटो नेपाल, रिकाज क्याफे लगायत विभिन्न संघ, संस्थाहरुको प्रायोजन समेत रहेको छ।
प्रतिक्रिया