ad ad

अटो


पीपीएलका तीन उत्कृष्ट खेलाडीलाई टीभीएस अपाचे प्रदान

पीपीएलका तीन उत्कृष्ट खेलाडीलाई टीभीएस अपाचे प्रदान

नेपालखबर
पुस १६, २०७६ बुधबार १२:३०,

नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताहरुमध्येको एक सर्वाधिक चासो रहेको प्रतियोगिता पीपीएल सम्पन्न भएको छ।

नेपालभित्र खेलाइने यसप्रकारका प्रतियोगिताहरुलाई प्रवद्र्धन गर्ने उद्देश्य जगदम्बा मोटर्स प्रा.लि.ले लिँदै आएको छ। सोही उद्देश्य अनुरुप क्वीन्स इभेन्टको आयोजना रहेको पिपिएलमा पनि टीभीएस अपाचेको साथ जगदम्बा मोटर्स प्रा.लि. जोडिएको थियो।

उक्त प्रतियोगिताको एक महत्वपूर्ण प्रायोजक रहेको टीभीएस अपाचेले प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडीहरुलाई टीभीएस अपाचे बाइकद्वारा पुरस्कृत गर्ने घोषणा गरे बमोजिम प्रतियोगितामा उत्कृष्ट साबित भएका ३ जना क्रिकेट खेलाडीहरुलाई उक्त पुरस्कार प्रदान गरिएको छ।

कम्पनीका उपाध्यक्ष दीपक अग्रवालले पुरस्कारका बाइकहरु सम्बद्ध खेलाडीलाई प्रदान गरेका थिए। जस अनुसार प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल, म्यान अफ दी सिरिज रोहन मुस्तफा र उत्कृष्ट बलर करण के.सी. प्रत्येकले एक एकवटा टीभीभएस अपाचे आरटीआर २०० फोर भी अपाचे १६० फोर भी अपाचे १६० टु भी प्राप्त गरेका छन्।।

उत्कष्ट खेलाडीहरुलाई पुरस्कार हस्तान्तरण गरेपछि जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष दीपक अग्रवालले भने, ‘वास्तवमा खेलाडीहरु आफ्नो उत्कृष्ट प्रदर्शनीबाट नै अन्यमाझ चिनिने गर्दछन्, त्यस्तै टीभीएस अपाचे पनि आफ्नो विश्वविख्यात प्रविधिको कारण अरुहरुमाझ परिचित रहँदै आएको छ।

पीपीएलका उत्कृष्ट खेलाडी तथा विजेता टिमलाई बधाई दिंदै आगामी दिनमा पनि यस्तै सफलताको कामना गर्दछु।’पोखरामा सम्पन्न पीपीएल प्रतियोगिताको दोस्रो संस्करणमा टिभिएस अपाचे बाइक पावर्डतर्फको प्रायोजक रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .