नेपाल रोड रेसिङ च्याम्पियनसिप सम्पन्न भएको छ। टीभीएस र गियर ग्याजेट्सको मुख्य प्रायोजनमा गुर्जुधारास्थित भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा सम्पन्न भएको हो।
नेपाल मोटरसाइकलर फेडेरेसनलगायतले आयोजना गरेको कार्यक्रममा नोभिक १ सय ५० र ओपन २ सय सीसीका बाइक गरी दुईवटा रेसिङ थिए।
२०० सीसीको ओपन च्याम्पेनसिपमा राज कुमार कार्कीले जितेका छन् भने १५० सीसी नोभिक रोशन राना मगरले जितेका छन्।
ओपन च्याम्पेनसिप फस्ट रनरअप प्रविन कार्की र सेकेन्ड रनर अपमा भिम होनाले रहेका छन्। त्यस्तै १५० सीसी नोभिकको फस्ट रनरअप नविन खड्का र सेकेन्ड रनरअप प्रताप वस्नेत रहेका छन्।
यसमा प्रथम हुने ५० हजार दोस्रो हुनेलाई ४० हजार र तेस्रो हुनेलाई ३० हजार पुरस्कार पाएका छन्।
‘नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१९’ नामक सो प्रतियोगिताको मुख्य प्रायोजकमा नेपालमा टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स र गियर ग्याजेट्स रहेको छ। त्यस्तै च्याम्पियनसिपका लागि पेट्रोनस लुब्रिकेन्ट, गल्फ लुब्रिकेन्ट, क्यास्ट्रोल लुब्रिकेन्ट र एभरेष्ट लुब्रिकेन्टले समेत प्रायोजन गरेका छन्।
Shares
प्रतिक्रिया