पायोनियर मोटो कर्प प्रालिले हिमालयन टेलिभिजन नेटवर्क प्रालिको संयुुक्त पहलमा नेपालको सांगीतिक प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ सिजन २ का सर्वोत्कृष्ट विजेता राम लिम्बुलाई ड्याट्सन रेडी गो १.ओएल गाडी प्रदान गरेको छ । पायोनियर नेपालमा निशान र ड्याट्सन गाडीको आधिकारिक बिक्रेता हो।
‘द भ्वाइस अफ नेपाल’ प्रतियोगिताको विजेता राम लिम्बुलाई कम्पनीको तर्फबाट सहायक महाप्रबन्धक ज्ञानेन्द्र ब. चन्दले ड्याट्सन रेडी गो गाडीको साँचो हस्तान्तरण गरेका थिए ।
द भ्वाइस अफ नेपालको फाइनल कार्यक्रम गत शनिबार हायात ग्राउण्ड चुच्चेपाटीमा आयोजना गरिएको थियो ।
नेपालमा ड्याट्सन र निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले नेपाली बजारमा डाट्सन गाडी बिक्रीवितरण गर्दै आएको छ ।
प्रतिक्रिया