ad ad

अटो


धनुषाको वीरेन्द्र बजारमा बजाजको नयाँ शोरुम

धनुषाको वीरेन्द्र बजारमा बजाजको नयाँ शोरुम

नेपालखबर
मंसिर २३, २०७६ सोमबार १४:५५,

बजाजले धनुषा वीरेन्द्र बजारमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

रोयल अटो शोरुमका सञ्चालक जयाउल राइनको अध्यक्षता र गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख राम बावु यादवको प्रमुख आतिथ्यमा भएको एक कार्यक्रमका बीच उक्त शोरुमको उद्घाटन गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख यादवले रोयल अटो परिवारद्वारा खोलिएको शोरुमबाट यस क्षेत्रका स्थानीयहरुमा राम्रो सेवा पुग्ने बताउँदै उत्तरोतर प्रगतिको शुभकामना दिए । त्यस्तै बजाज कम्पनीको तर्फबाट सनी कुमारले बजाज कम्पनीले बजारमा ल्याएका विभिन्न ब्रान्डका मोटरसाइकलको विशेषता बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा गणेशमान चारनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद काफ्ले, वडा नम्बर १ का वडाध्यक्ष रामसुक यादव, वडा २ का रामचरित्र महतो, वडा ८ का गणेश सिंह महतो, वडानम्बर ११ का सत्यनारायण कुवर, क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रामजी सिंह, बुद्धिजीवी श्रीनारायण महासेठ, विकाउ राइनलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .