सुजकीको अधिकृत बिक्रेता सीजी मोटोकर्पले नाडा अटो शोलाई केन्द्रित गरेर तीन वटा नयाँ मोडलहरु उपलब्ध गराएको छ।
कम्पनीका सिनियर म्यानेजर करुन शाक्यका अनुसार नाडा अटो शोको अवसरमा कम्पनीले आफ्ना उत्कृष्ट मोडेलहरु प्रदर्शन गरेको छ। यस वर्ष सुजुकीले स्मार्ट हाइब्रिड कार प्रस्तुत गरेको छ। नाडा अटो शोमा कम्पनीले अर्टिगा सियाज र एस क्रस गरी तीन मोडेलका गाडी पनि विक्रीमा राखेको हो। जसको खरिद मूल्य क्रमशः ३८ लाख ९९ हजार, ३८ लाख २९ हजार तथा ४२ लाख ९९ हजार रुपैयाँ रहेको छ।
यी कारहरु हाइब्रिड कार डिजेल इन्जिनका साथसाथै वातावरण मैत्री विद्युतीय कारका रुपमा विकसित गरिएको शाक्य बताउँछन्। उनी भन्छन् दुई प्रकारका इन्जिनहरुबाट न्यूनतम इन्धनमा ज्यादा दूरी तय गर्न सकिन्छ।
हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ। यस्ता कारहरुमा अधिकांश समय इलेक्ट्रिक मोटरले कार्य गर्दछ भने बाटोको अवस्था हेरी इन्धनले पनि कार्य गर्दछ। त्यसैले यस्तो कारमा इन्धन ज्यादै नै कम खपत हुन्छ। अर्थात् कहिले व्याट्रिको मात्र खपत हुन्छ भने कहिले व्याट्रिको साथसाथै इन्धनको पनि खपत हुने गर्दछ। व्यट्रिले मात्र इन्जिनमा शक्ति पुर्याउन नसकेको अवस्थामा इन्धन इन्जिनले सहयोग गर्दछ।
हाइब्रिड कारमा रहेको इलेक्ट्रिक मोटर व्याट्रिमा जोडिएको हुन्छ। यसले गर्दा हाइब्रिड प्रविधिबाट इन्जिनको क्षमता बढाउन सकिन्छ। साधारण कारमा जव ब्रेक लगाइन्छ त्यस अवस्थामा काइनेटिक इनर्जी खेरा जान्छ तर हाइब्रिड प्रविधियुक्त कारमा जब ब्रेक लगाइन्छ त्यस अवस्थामा उत्पन्न भएको काइनेटिक इनर्जीले हाइब्रिड कारमा भएको व्याट्रि चार्ज हुन्छ।
वातावरण मैत्री हाइब्रिड कारले ग्राहकलाई असीमित यात्राको स्वतन्त्रता प्रदान गर्दछ। योजना विना नै पनि कतै यात्रा गर्नुपरे त्यस्तो यात्रालाई कतै मोड्नु पर्दैन। नत चार्जिङ्गको तनाव नै व्यहोर्नु पर्ने हुन्छ। यात्रा गर्दा कुन विकल्पलाई छनौट गर्ने भन्ने कुरा चालक आफैले तय गर्न सक्ने शाक्यको भनाई छ।
उनी भन्छन् 'नाडा अटो शोको अटो विनजेमा धेरै महत्वपूण भुमिका हुन्छ। उपभोक्ताले पनि यहा आएर नै निर्णय गर्न सक्नछन्। सुजुकीले पनि तयसलाई नै टार्गेट गरेर नयाँ उत्पादन ल्याएको छ। ग्राहहरुले पनि उत्साह देखाइरहनु भएको छ। अटो शोको भुमिकाको कुरा गर्नु पर्दा अटो शो सफल भयो भने वर्ष भरिको कारोवार पनि सफल हुन्छ।'
प्रतिक्रिया