पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई नागरिक अभिनन्दन गरिने भएको छ।
फागुन ३ गते कैलालीको धनगढीमा चन्दलाई नागरिक अभिनन्दन गरिन लागेको हो।
धनगढी उपमहानगरपालिका, पार्कमोडदेखि सौँराइ स्क्वायर पार्टी प्यालेस, चटकपुरसम्म चन्दलाई रथारोहण गरेर नागरिक अभिनन्दन गरिने आयोजकले जनाएको छ।
नागरिक अभिनन्दनको तयारी तीव्र रुपमा भइरहेको छ। कार्यक्रममा अभिनन्दन ग्रन्थ लोकार्पण तथा झाँकी प्रदर्शन गरिनेछ।
चन्दले गरेको संघर्षको सम्मान गर्न नागरिक अभिनन्दन गरिने लागिएको जनाइएको छ।
66
Shares
प्रतिक्रिया