ad ad

सुदूरपश्चिम


भूकम्पपीडितका लागि सुदूरपश्चिम सरकारले एक करोड सहयोग गर्ने

भूकम्पपीडितका लागि सुदूरपश्चिम सरकारले एक करोड सहयोग गर्ने

नेपालखबर
कात्तिक १८, २०८० शनिबार १३:२०, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट भूकम्पबाट पीडितलाई सहयोगका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ। 

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार मध्यराति गएको भूकम्पबाट पीडित परिवारलाई राहत दिन सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ दिने निर्णय गरेको हो।

शनिबार बसेको प्रदेश सरकारको आकस्मिक मन्त्रिपरिषद् बैठकले भूकम्प पीडितलाई सहायता पुग्नेगरी तत्काल सो रकम उपलब्ध गराउने निर्णय गरेको हो। 

यस्तै, भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्रीसहित २० जना स्वास्थ्यकर्मी पनि पठाउने सुदूरपश्चिम प्रदेश सरकारले विज्ञप्ति जारी गरेर जनाएको छ।

मध्यराति जाजरकोट केन्द्रबिन्दु भएर आएको ६.४ रेक्टर स्केलको भूकम्पले ठूलो मानवीय र भौतिक क्षति गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .