बझाङको बुंगल नगरपालिका–९ रारुमा मृत भेटिएका एकै परिवारका तीन जनाको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ।
बुंगल नगरपालिका–९ का वडाध्यक्ष हरिशबहादुर सिंहका अनुसार शव बिहीबार पोस्टमार्टमका लागि जिल्ला अस्पताल (चैनपुर) लगिएको हो।
‘हिजो मृतकका माइती पक्ष ढिला पुग्नुभयो, त्यसैले घटनास्थलको काम गरेर प्रहरीले शव पोस्टमार्टमका लागि आज चैनपुर लगेको छ’, उनले भने।
बुधबार बिहान २२ वर्षीया गीता पार्की, उनका छोरी ५ वर्षीया भूमिका र ३ वर्षीय छोरा मोहित घरनजिकै रूखमा झुन्डिएको अवस्थामा भेटिएका थिए।
गीताका श्रीमान् पुष्कर भारतमा मजदुरी गर्ने गर्छन्। मंगलबार मध्यराति १२ बजेतिर उनी भारतको पिथौरागढबाट घर पुगेका थिए।
अर्को दिन बिहान घरभन्दा करिब १५० मिटर पर रुखमा छोराछोरी दोपट्टा र आमा गीता डोरीले झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।
‘शरीरमा देखिने चोटपटक केही छैन’, वडाध्यक्ष सिंहले भने, ‘आत्महत्या हो वा हत्या गरेर कसैले झुण्ड्याइएको हो खुल्न सकेको छैन।’
प्रहरीले घटना अनुसन्धान गरिरहेको जनाएको छ।
याे पनि : राति श्रीमानसँगै खाना खाएकी गीता जब बिहान छोराछोरीसहित झुन्डिएको अवस्थामा मृत भेटिइन्...
Shares
प्रतिक्रिया