प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दैछ।
मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रणनीति बनाउनका लागि एमालेले केन्द्रीय सचिवालयको बैठकमा बोलाइएको हो।
मध्यान्ह १२ बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्ने तय भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ।
समसामयिक राजनीतिक र आगामी निर्वाचनमा केन्द्रीत रहेर बैठकमा छलफल हुने बताइएको छ।
सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै दलहरु आ–आफ्नो तयारीमा जुटेका छन्। सत्तारुढ गठबन्धनसँग एमाले एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताइरहेको छ।
27
Shares
प्रतिक्रिया