ad ad

सुदूरपश्चिम


बुढीगंगामा जित हुँदै गएपछि एमाले नेता थापाको टिप्पणी : प्रधानमन्त्री, गृहमन्त्री,...एकसाथ हार्दै छन्

बुढीगंगामा जित हुँदै गएपछि एमाले नेता थापाको टिप्पणी : प्रधानमन्त्री, गृहमन्त्री,...एकसाथ हार्दै छन्

नेपालखबर
असार २५, २०७९ शनिबार ११:१३, कञ्चनपुर

स्थानीय तहको निर्वाचनअन्तर्गत बाजुराको बुढीगंगा नगरपालिकामा गरिएको पुनः मतदानमा नेकपा एमालेले तीनवटा वडामा विजय हासिल तथा मेयर र उपमेयर पदमा अग्रता लिइरहँदा एमाले स्थायी कमिटी सदस्य कर्ण थापा हौसिएका छन्। 

शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले कडा टिप्पणी गरेका हुन्। नेता थापाले पुनः गरिएको निर्वाचनको परिणामले प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयोगका प्रमुख आयुक्तले एकसाथ हार्न लागेको दाबी गरेका हुन्। 

एमाले नेता थापाले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना नगरी राज्यसत्ता र न्यायपालिकाको समेत दुरुपयोग गरेर पुनः मतदान गराएका कारण उनीहरूले पराजय भोग्न लागेको कटाक्ष गरेका हुन्। 

‘वैशाख ३० गते भएको निर्वाचनको मतगणना भएको भए रंग खाती र खम्ब खाती मात्रै हार्ने थिए। असार २३ को निर्वाचनको परिणामले कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, आईजीपी धिरजप्रताप सिंह, निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया तथा सर्वाेच्च अदालतका प्रधानन्यायाधीश दीपक कार्की एकसाथ हार्दै छन्’, थापाले लेखेका छन्, ‘शक्तिसँग नझुक्ने, सत्यसँग नलड्ने एमालेका आदरणीय अध्यक्ष केपी शर्मा ओलीको संकल्पलाई मार्गदर्शन मान्दै सूर्यमा मतदान गर्ने मेरा आदरणीय नगरवासीमा शिर निहुरयाएर कृतज्ञता व्यक्त गर्दछु। सत्यका विरुद्ध लड्ने मूर्खता नगर्न सबैमा अपिल गर्दछु। विजयी सबैलाई बधाई। विजयी बन्दै गरेका सबैलाई शुभकामना।’

बुढीगंगा थापाको गृहपालिकासमेत हो। वैशाख ३० गते निर्वाचनमा धाँधली भएको भन्दै मतगणना चुनावै रद्द गरिएको थियो। पछि निर्वाचन आयोगले स्थलगत अध्ययन गर्दै पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो।

त्यसविरुद्ध एमालेका वडाध्यक्ष उम्मेदवार मतगणना माग गर्दै सर्वोच्च अदालत गुहार्नसमेत गएका थिए। तर अदालतले पनि बुढीगंगामा पुनः मतदानकै पक्षमा आदेश दिएपछि शुक्रबार त्यहाँ पुनः निर्वाचन गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .