भीमदत्त नगरपालिले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि १ अर्ब ८४ करोड २ लाख १ हजार रुपैयाँको बजेट ल्याएको छ।
आन्तरिक स्रोतबाट २ करोड १० लाख, वित्तिय समानिकरण अनुदान संघीय सरकारबाट २७ करोड ८१ लाख, वित्तिय समानीकरण अनुदान प्रदेश सरकारबाट २ करोड ९ लाख ९६ हजार, संघीय सरकारबाट सशर्त अनुदान ४७ करोड ५७ लाख, संघीय सरकारबाट राजश्व बाँडफाँटको १७ करोड ३६ लाख ८९ हजार र प्रदेश सरकारबाट राजश्व बाँडफाँटको ७९ लाख १६ हजार प्राप्त हुने अनुमान गरिएको छ।
यस्तै, शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ८० करोड ५२ लाख ५१ हजार ५६० रुपैयाँको बजेट ल्याएको छ। शुक्लाफाँटा नगरपालिकाको ११ औं नगर सभामा नगर उपप्रमुख कल्पना जोशी पन्तले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिन्।
वेदकोट नगरपालिकाले ९८ करोड २२ लाख भन्दा बढीको बजेट ल्याएको छ। यस्तै, दोधाराचाँदनी नगरपालिकाले ७२ करोड बढीको बजेट ल्याएको प्रमुख प्रशासकीय अधिकृत गणेश मिश्रले बताए।
Shares
प्रतिक्रिया