क्यानडाविरुद्ध २–१ को अग्रता बनाएसँगै मोरक्को विश्वकप फुटबलको नकआउट चरण पुग्ने सम्भावना बलियो बनेको छ। यही नतिजालाई दोस्रो हाफमा पनि जोगाउन सके मोरक्को नकआउटमा पुग्ने छ।
२३ औं मिनेटमा युसेफ नेसरीको गोलमा मोरक्कोले क्यानडामाथी अग्रता दोब्बर बनाएको थियो। तर खेलको ४० औं मिनेटमा आत्माघाती गोलमा क्यानडाले अग्रता २–१ मा झार्यो।
त्यसअघि चौथो मिनेटमा हाकिम जियाचले अग्रता दिलाएका थिए।
क्यानडा भने यसअघि नै समूह चरणबाटै बाहिरिने निश्चित भइसकेको छ। यो खेल जिते मोरक्कोको ७ अंक हुनेछ।
यही समूहको अर्को खेलमा क्रोएसिया र बेल्जियमले भने गोलरहित बराबरी खेलेका छन्। यो नतिजाले बेल्जियम संकटमा पर्दै गएको छ। खेल बराबरीमै टुंगिए बेल्जियम बाहिरिने छ।
खेलको १७ औं मिनेटमा सुरुमा रेफ्रीले क्रोएसियालाई पेनाल्टी दिएपनि भीएआरले अफसाइड देखाएपछि रद्द गरिएको थियो। क्रोएसियाको ४ अंक र बेल्जियमको ३ अंक छ। बेल्जियमलाई जित्नै पर्ने दबाब छ। क्रोएसियालाई भने बराबरी भए पनि पुग्ने छ।
Shares
प्रतिक्रिया