कतारमा जारी फिफा विश्वकप अन्तर्गत सोमबार समूह जीका दुई टोलीबीच प्रतिस्पर्धा हुँदै छ।
आफ्नो पहिलो खेलमा पराजयको सामना गरेका यी दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो।
यी दुवै टोलीलाई माथिल्लो चरणको सम्भावना कायम राख्न कम्तीमा बराबरीको नतिजा निकाल्नुपर्ने हुन्छ।
पहिलो खेलमा क्यामरुन स्विटजरल्याण्डसँग १–० गोल अन्तरले पराजित भएको थियो भने सर्बिया ब्राजिलसँग २–० ले हारेको थियो।
सोमबार हुने उक्त खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे कतारको अल जनौब स्टेडियममा सुरु हुनेछ।
सोमबारको खेल हार्ने टोलीको माथिल्लो चरणको सम्भावना लगभग सकिनेछ।
प्रतिक्रिया