फिफा विश्वकप २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियामाथि ३–० गोल अन्तरको अग्रता लिएको छ।
पहिलो हाफमा २–० मा सकिएको खेलको ६९ औं मिनेटमा जुलियान अल्भारेजले व्यक्तिगत दोस्रो गोल गरेका हुन्।
उनले यसअघि खेलको ३९ औं मिनेटमा टोलीको लागि दोस्रो गोल गरेका थिए।
खेलको ३४ औं मिनेटमा पाएको पेनाल्टीमार्फत कप्तान लियोनेल मेस्सीले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
168
Shares
प्रतिक्रिया