कतार विश्वकपमा शुक्रबारदेखि क्वार्टरफाइनलका खेलहरु सुरु हुँदै छन्। क्वार्टरफाइनलको अन्तिम खेलमा शनिबार मध्यराति इङ्ल्याण्ड र साबिक विजेता फ्रान्स भिड्नेछन्।
गत संस्करणको सेमिफाइनलिष्ट टोली इङल्याण्ड यो पटक उपाधि उचाल्ने दाउमा छ। ‘यो पटक हामीलाई विश्वास छ की हामीले विश्वकपको ट्रफी उचाल्ने छौँ’, टोलीका सेन्ट्रर ब्याक ह्यारी मग्वाएरले भने।
युरो २०२० को युरो कपको फाइनल खेलेको इङ्ल्याण्ड उच्च मनोबलमा छ। युरोकपको फाइनल खेलेको टोली भएका कारण पनि टोलीमा सकारात्मक प्रभाव छ।
यसअघि सन् २०१८ को विश्वकपको सेमिफाइनल खेलेको इङल्याण्डको टोली र अहिलेको टोलीमा फरक रहेको मग्वाएरले बताए।
क्वार्टरफाइनल खेलअघि उनले भने, ‘मलै मेरो करियरलाई फर्केर हरेका कोणबाट हेरे। मैले सबैथोक गरे जे मैले चाँहे। यो मेरो खेल जीवनको अर्को खुड्किलो हो अब म उपाधि जित्न चाहन्छु। गत वर्ष मेरो लागि राम्रो थिएन मैले राम्रो खेल्न सकिनँ’, उनले विगत सम्झँदै भन्छन्।
२९ वर्षीय मगुइरेले इङल्याण्डको कठिन समयमा राष्ट्रिय टोलीबाट खेलेका छन्। म्यानेचष्टर युनाइटेडका कप्तान समेत रहेका मगुइरले राष्ट्रिय टोलीबाट ५२ खेल खेलेका छन्।
Shares
प्रतिक्रिया