जमर्नीविरुद्ध जापानले अग्रता लिएकाे छ। चार पटकको विश्व विजेता जर्मनीविरुद्ध दक्षिण एशियाली पावर हाउस जापानले अग्रता लिएको हाे।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा ताकुमा एसोनोको गोलमा जापानले अग्रता बनाएको छ। खेलको ८३ औा मिनेटमा ताकुमाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए।
खेलको ३३ औँ मिनेटमा इल्के गुएन्डोगनले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाए। पेनाल्टी एरियामा जापानका गोलरक्षकले फउल गरेपछि जर्मनीले पेनाल्टी पाएको थियो। जुन अवसरलाई गुएन्डोगनले खेल जान दिएनन्।
खेलको आठौँ मिनेटमा जापानका डाइजेन मइदाले गरेको गोललाई रेफ्रिले अफसाइड दिए।
खेलको १४ औँ मिनेटमा जर्मनका किमिच जोशुआको प्रहारले पोष्टको दिसा दिन सकेन। १७ औँ मिनेटमा एन्टोनियो रुडिगरको सशक्त प्रहार गोलरक्षकले पन्च गर्दै बचाए। २० औँ मिनेटमा किमिच जोशुआको अर्को प्रहार गोलमा परिणत हुन सकेन।
खेलको २८ औँ मिनेटमा जर्मनका इल्के गुएन्डोगनले गरेको प्रहार जापानका गोलरक्षक शुची गोंडाले बचाए।
Shares
प्रतिक्रिया