नेपालले दिएको १ सय ३३ रनको लक्ष्य जिम्बाबेले १८.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको थियो। उसका आरपी बुर्लले ४१ र आर मुतुम्भामीले ४० रन जोडे।
नेपालका सन्दीप लामिछानेले ३ तथा पारस खड्काले १ विकेट लिए। सन्दीपले ४ ओभरमा १५ रनमात्रै खर्चेका थिए।
त्यसअघि सिंगापुरको इन्डियन एसोसियसनको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनायो । नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए ।
सोमपाल कामीले अविजित २५ रन बनाउदा विनोद भण्डारी ११ रनमा अविजित रहे। यस्तै कप्तान पारस खड्काले १८ तथा सन्दीप जोराले १७ रन बनाए।
जिम्बावेविरुद्धको खेलबाट नेपालका ईशान पाण्डे र कुशल मल्लले राष्ट्रिय टिममा डेब्यु गरेका थिए। ईशान ४ र कुशल २ रनमा आउट भए।
जिम्बावेका सिन विलियम्सले २ विकेट लिए। यस्तै नेभिले माड्जिभा, विलिङटन मासाकाड्जा, रायन ब्रुल र टेण्डाई चतराले एक एक विकेट लिए।
सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा शनिबार सिंगापुरसँग खेल्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अर्को साताको मंगलबार दोस्रो खेल खेल्नेछ । यस्तै अर्को साताको बुधबार सिंगापुरसँग खेल्नेछ ।
सिंगापुर क्रिकेटको आयोजनामा भइरहेको शृंखलामा नेपालले अर्को खेल सोमबार सिंगापुरसँग खेल्नेछ।
प्रतिक्रिया