यससँगै मेस्सी ६ पटक फिफा वर्ष खेलाडीको अवार्ड जित्ने किर्तिमानी खेलाडी बनेका छन्।
यस सिजनको यूइएफए वर्ष खेलाडी भान डाइकले जितिसकेका छन्।
अब व्यक्तिगत तर्फ अन्तिम अवार्ड अन्य अवार्डभन्दा प्रतिष्ठित अवार्ड वितरण गर्ने समय हुन लागेको छ। त्यो हो बालुन डि’ओर अवार्ड।
तर बालुन डि’ओर अवार्ड यसपटक मेस्सीले नजित्ने फुटबल पण्डितहरुको तर्क रहेको छ।
फिफा वर्ष उत्कृष्ट खेलाडीको अवार्डका लागि फिफामा आवद्ध विश्वका विभिन्न देशका फुटबल कप्तान, राष्ट्रिय प्रशिक्षक, खेल समर्थक तथा खेल पत्रकारको भोट गन्ती हुन्छ।
यसपटक मेस्सीले कप्तानहरुको ३७७ भोट पाउँदा, भान डाइकले ३३७ मत पाए, रोनाल्डोले ३३० मत पाए।
प्रशिक्षकको भोटमा पनि मेस्सी नै पहिलो रोजाइमा परे। राष्ट्रिय प्रशिक्षकहरुले मेस्सीलाई ३७९ भोट दिँदा रोनाल्डोलाई ३०७ र भान डाइकलाई २८९ मत दिए।
खेल पत्रकारले भोट दिँदा भने मेस्सी पछि परे। भान डाइकले पत्रकारबाट ४६२ मत पाउँदा मेस्सीले ३६४ मत पाए।
कप्तान, प्रशिक्षक र पत्रकारको भोट गन्तीगर्दा तीनै जनाको भोट लगभग बराबरी अथवा नजिक नजिक हुन आउँछ।
मेस्सीले यसपटक फिफा अवार्ड जित्नुमा सबैभन्दा महत्वपूर्ण भूमिका पपुलर भोटले खेलेको छ।
पपुलर भोटमा मेस्सीले १३ लाख ५९ हजार ७२८ भोट पाउँदा रोनाल्डोले ९ लाख ६२ हजार ९१९ प्राप्त गरे। भान डाइकले ७ लाख ४ हजार २३५ मत पाए।
तर बालुन डि’ओरमा पत्रकारहरुले भोट गर्छन्। खेल पत्रकारहरु भान डाइकककै पक्षमा भएको मार्काले जनाएको छ।
बालुन डि’ओरमा पत्रकारको भोट सर्वमान्य हुनाले यसपटकको बालुन डि’ओर मेस्सीको पोल्टामा नजाने खेल विश्लेषकहरु बताउँछन्। मार्काबाट साभार
Shares
प्रतिक्रिया