ad ad

खेल


विश्वकपको बदला लिदैँ इंग्ल्याण्डले क्रोसियालाई हरायो

विश्वकपको बदला लिदैँ इंग्ल्याण्डले क्रोसियालाई हरायो

नेपालखबर
जेठ ३०, २०७८ आइतबार १५:२९,

फिफा विश्वकप-२०१८ को सेमिफाइनलमा हारको बदला लिदै इंग्ल्याण्डले यूरोकपको पहिलो खेलमा क्रोयसियालाई पराजित गरेको छ।

रहिम स्टलिङको निर्णायक गोलमा इंग्ल्यान्डले क्रोयसियालाई १–० गोल अन्तरले पराजित गरेको हो।

जितसँगै इंग्ल्यान्ड ३ अंक जोडेर समूह ‘डी’ को शीर्ष स्थानमा छ।

खेलको पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा मात्रै गोल सम्भव भयो।

वेम्वली स्टेडियम लन्डनमा भएको खेलको ५७ औँ मिनेटमा स्टलिङले निर्णायक गोल गरे।रहिमले काल्भिन फिलिप्सको पासमा गोल गरेका हुन्।

यूरो कपमा दशौं खेलपछि बल्ल इंग्ल्याण्डले पहिलो खेल जितेको हो। यसअघि उसले ५ खेलमा बराबरी र चार खेलमा हार बेहोरेको थियो। क्रोयसियाले भने २०२० यता १४ खेलमध्ये ८ खेलमा हार बेहोरेको छ।

युरोकपमा आजै समूह ‘सी’ का दुई खेल हुनेछन्। पहिलो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनिया तथा दोस्रो खेलमा नेदरल्यान्ड्स र युक्रेन खेल्नेछन्। बुकारेस्टस्थित एरिना नासिनोलामा अष्ट्रिया र नर्थ म्यासेडोनिया राति पौने १० बजे खेल्नेछन्।

आजको तेस्रो खेलमा नेदरल्यान्ड्स र युक्रेन पौने १ बजे खेल्दैछन्। खेल नेदरल्याण्ड्सको घरेलु मैदानमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .