जिदानले दिएको राजीनामा क्लबले स्वीकृत गरेसँगै उनी रियल मड्रिडको प्रशिक्षकबाट पदमुक्त भएका हुन्।
रियल मड्रिडले आफ्नो अधिकारीक ट्विटरमा जिदानले क्लब छाडेको जानकारी दिएको छ। क्लबले जिदानको निर्णयलाई क्लबले सम्मान गर्दै उनको राजीनामा स्वीकार गरेको जनाएको छ।
जिदान आधिकारिक रुपमा दुईपटक रियल मड्रिडका प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए। सन् २०१९ को मार्चमा उनी मड्रिडमा दोस्रोपटक प्रशिक्षक बनेका थिए।
जिदानले क्लब छाडेको विषयमा मड्रिडले भनेको छ,‘यो जिदानको निर्णयलाई सम्मान गर्ने समय हो र हामी उनको व्यावसायिकता, कामप्रतिको समर्पण भाव र जागरको लागि धन्यवाद भन्छौं जुन उनको प्रयास र नतिजाले प्रतिनिधित्व गर्दछ।’
— Real Madrid C.F. (@realmadrid) May 27, 2021Comunicado Oficial: Zinedine Zidane.#RealMadrid
‘जिदान रियल मड्रिडका महान पात्र हुन्। खेलाडी र प्रशिक्षकको रुपमा उनले क्लबका लागि ठूलो देन दिएका छन्’ मड्रिडको विज्ञप्तीमा भनिएको छ,‘उनलाई थाहा छ रियल मड्रिडका समर्थकको हृदयमा उनी सँधै अटाउनेछन् र मड्रिड उनको घर सँधै रहनेछ।’
मड्रिडमा प्रशिक्षक हुँदा जिदानले क्लबका लागि लगातार ३ च्याम्पियन्स लिग जिताएका थिए। जिदानले क्लबको लागि कुल ११ उपाधि जिताए।
त्यसमा ३ च्याम्पियन्स लिग, दुई ला लिगा, दुई यूइएफए सुपरकप, दुई सुपरकोपा र दुई क्लब विश्वकप पर्दछन्।
यस सिजन भने रियल मड्रिडले कुनै उपाधि जितेको थिएन। मार्का
प्रतिक्रिया