ad ad

खेल


त्रिदेशीय शृंखलामा कुशलको चौथो अर्धशतक

त्रिदेशीय शृंखलामा कुशलको चौथो अर्धशतक

नेपालखबर
बैशाख ११, २०७८ शनिबार ८:५४,

राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेलले काठमाडौंमा त्रिदेशीय सिरिजमा चौथो अर्धशतक पुरा गरेका छन्।

नेदरल्याण्ड्ससँग जारी फाइनलमा उनले १३ ओभरको चौथो बलमा अर्धशतक पुरा गरेका हुन्। उनले ४३ बलमा अर्धशतक प्रहार पुरा गरे।

कुशलले जारी खेलमा समग्रमा ५३ बलमा ७७ रन बनाए। उनले ८ चौका र ३ छक्का प्रहार गरे।

कुशलले यसअघि मंगलबार भएको नेदरल्यान्ड्सविरुद्धको खेलमा अर्धशतक हान्दै डेब्यु पछिको खेलमा लागातार तीन अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका हुन्।

कुशलले सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध भएको टि–२० आईमा डेब्यू गर्दै ६२ रन बनाएका थिए।

दोस्रो खेलमा मलेसियासँग ६१ रनमा अविजित हुँदा मंगलबार नेदरल्यान्ड्ससँग ६२ रनको इनिङ खेल्दै दुर्लभ कीर्तिमान कायम गरेका थिए।

यसअघि टि२० आईमा यस सफलता कुनैपनि खेलाडीले पाउन सकेका छैनन्। करिअरको सुरुवाती दुई टि२० आई खेलमा लगातार अर्धशतक इंग्ल्यान्डका ब्याट्सम्यान डेविड मलानले बनाएका थिए।

मलानले दक्षिण अफ्रिकाविरुद्ध २०१७ मा टि२० आईमा डेब्यू गर्दै ७८ रनको इनिङ खेलेका थिए। दोस्रो खेलमा अष्ट्रेलियाविरुद्ध ५० रन बनाएका थिए।

टि२० क्रिकेटमा भने लगातार अर्धशतक प्रहार गर्ने कीर्तिमान वेस्टइन्डिजका क्रिस गेल र न्युजिल्यान्डका पूर्व कप्तान ब्रेन्डम म्याकुलमको नाममा छ।

गेल र म्याकुलमले टि–२० आईमा लगातार चार अर्धशतक प्रहार गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .