ad ad

खेल


चैत २८ गते ‘कोभिड कप फुटबल’ आयोजना हुने

चैत २८ गते ‘कोभिड कप फुटबल’ आयोजना हुने

नेपालखबर
चैत १९, २०७७ बिहिबार १३:५८,

चैत्र २८ गते दशरथ रंगशालामा ‘कोभिड कप फुटबल-२०२१’ आयोजना हुने भएको छ।

जिल्ला सहकारी संघ काठमाडौं र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मूल नाराका साथ चैत्र २८ गते दशरथ रंगशालामा ‘कोभिड कप– फुटबल २०२१’ को आयोजना हुने भएको हो।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सो कार्यक्रमको बारेमा जानकारी गराइएको छ। खेलमा चलचित्र कलाकारहरु, हास्य कलाकार, लोक तथा आधुनिक गायक, वैंक तथा वित्तिय परिसंघ, सहकारी अभियान लायन्स क्लवका व्यक्तिहरु, राष्ट्रिय निजि तथा आवासीय विद्यालय लगायतको सहभागिता हुने बताइएको छ।

७ वटा खेलमा १० वटा टोली रहने र कोभिड–१९ बाट बच्नको लागि सामाजिक दूरी पनि कायम गरिने जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले बताए।

खेलको सँगसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिने आयोजकले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .