ad ad

खेल


एफसी चितवनले गर्‍यो प्रशिक्षक केसी र मार्की खेलाडी खवाससँग सम्झौता

एफसी चितवनले गर्‍यो प्रशिक्षक केसी र मार्की खेलाडी खवाससँग सम्झौता

नेपालखबर
चैत ४, २०७७ बुधबार ११:१७,

नेपाली फुटबलको इतिहासमै पहिलोपटक अक्सनमा आधारित फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) अर्को महिनाबाट सुरू हुँदै छ।

अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आए पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा पहिलोपटक गर्न लागिएको हो।

प्रतिष्ठित व्यावसायिक घरानाहरूले विभिन्न प्रतिस्पर्धी टिमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन बढी प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने देखिएको छ।

यसै क्रममा आसन्न प्रतियोगितामा आईएमई ग्रुपअन्तर्गत सञ्चालित गेम अन प्रालिले एफसी चितवन टिमको स्वामित्व ग्रहण गर्ने भएको छ।

हालै राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच उक्त कुरा सार्वजनिक गरिएको थियो। पानीपोखरीस्थित आईएमई ग्रुपको केन्द्रीय कार्यालयमा बुधबार आयोजित एक विशेष कार्यक्रमकावीच सो सम्बन्धित सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।

No description available.

सम्झौतापत्रमा आइएमई ग्रुपको तर्फबाट गेम अन प्रालिका प्रवन्ध निर्देशक सचिन ढकाल र मुख्य प्रशिक्षक मेघराज के.सी, सहायक प्रशिक्षक शैलेश कर्माचार्य र मार्की प्लेयर राष्ट्रिय टिमका स्टाइकर भरत खवासले हस्ताक्षर गरेका छन्।

हस्ताक्षर कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै गेम अन प्रालिका प्रबन्धनिर्देशक सचिन ढकालले विश्वकपमा अर्कै देशको टिमलाई समर्थन गर्दै खेलको मनोरञ्जन लिनुपरेको अवस्थालाई अन्त्य गर्नका लागि आफूले एफसी चितवन टीमको नेतृत्व लिएको उल्लेख गर्दै टीमले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे।

खेलकुदका क्षेत्रमा युवा पुस्तामा बढ्दो आकर्षण रहेको र प्रर्याप्त पूर्वाधार पनि निर्माण भइनसकेको अवस्थामा समस्त खेलाडीहरूलाई प्रोत्साहन पनि मिलोस् र दर्शकलाई भरपुर मनोरन्जन पनि प्राप्त होस् भन्ने आफ्नो इच्छा रहेको बताए।

विश्वका कैयौँ राष्ट्रहरूले खेलकुदका क्षेत्रबाट ठूलो आम्दानी प्राप्त गरिरहेको अवस्थालाई स्मरण गर्दै प्रबन्धनिर्देशक ढकालले नेपालमा पनि त्यस्तो खालको सम्भावना रहेको बताए।

मुख्य प्रशिक्षक मेघराज के.सीले नेपालमा व्यावसायिक फुटबलको जति विकास हुनुपर्ने हो, त्यति नभइरहेको अवस्थामा कर्पोरेट हाउसहरूले देखाएको स्वस्फुर्त इच्छाले अब नेपाली फुटवल खेलको स्तरोन्नतिमा महत्तपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

हस्ताक्षर कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्धनिर्देशक हेमराज ढकाल, एफसी चितवनका हेड कोच मेघराज के.सी, एसिस्टेन्ट कोच शैलेश महर्जन र मार्कोप्लेयर भरत खवास एवम् आइएमई ग्रुपमा कार्यरत उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो।

तीन दशकभन्दा बढी समयदेखि नेपालको व्यवसायिक क्षेत्रमा क्रियाशील आइएमई ग्रुपले रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, ट्रेडिङ्ग, पर्यटन, सूचना प्रविधि, उर्जा, अटोमोबाइल, इन्सोरेन्स तथा डिजिटल फाइनान्स जस्ता क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ । आइएमई फाउन्डेसन मार्फत खेलकुदका क्षेत्रमा योगदान पु¥याउँदै आएको ग्रुपको खेलकुदका क्षेत्रमा यो दोस्रो प्रयास हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .