ad ad

खेल


घुँडाको शल्यक्रिया गरेपछि विमलले भने : गल्तीको सजाय भोग्दैछु, हिम्मत हारेको छैन

घुँडाको शल्यक्रिया गरेपछि विमलले भने : गल्तीको सजाय भोग्दैछु, हिम्मत हारेको छैन

नेपालखबर
फागुन २५, २०७७ मंगलबार १५:२०,

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरको घुँडाको सफल शल्यक्रिया भएको छ। विमलको कतारस्थित अस्पेटारमा मंगलबार घुँडाको सफल शल्यक्रिया भएको हो।

शल्यक्रियापछि विमलले आफूले गरेको गल्तीको सजाय पाएपनि हिम्मत नहारेको बताएका छन्।

विमलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सायद आज मैले गरेको गल्तीको सजाय पाउँदै छु। प्रतिस्पर्धाको समयमा म केही समयका लागि अड्किएको छु। तर हिम्मत हारेको छैन मैले नयाँ खेल जिवनको सुरुवात गर्नेछु। जुन माया विश्वास र साथ पाएको थिए त्यो फेरि पाउनेछु। बाटो सजिलो छैन तर अगाडि बढ्नेछु। मेरो चोटलाई मलम लगाई दिनुहुने सबैलाई म धन्यवाद दिन चाहन्छु। विशेष गरी एन्फा (अखिल नेपाल फुटबल संघ) लाई यो समयमा मलाई सहयोग गर्दिनु भएकोमा आभारी छु। जयन नेपाल जय नेपाली फुटबल।’

विमलको पुस पहिलो साता प्रशिक्षणका दौरान घुँडामा चोट लागेको थियो। विमलको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको थियो।

विमल र विक्रम लामा उपचारका लागि गत माघ ३ मा कतार गएका थिए। दुई वर्षअघि चोट लागेपछि शल्यक्रिया गरेर खुट्टामा राखिएको सपोर्ट निकाल्न विक्रमको गत माघ २० गते शल्यक्रिया गरिएको थियो।

दायाँ खुट्टाको टिबिया र फिबुलामा चोट लागेपछि उनको शल्यक्रिया गरेर सपोर्ट राखिएको थियो। विमल र विक्रम दुवैको उपचारको सम्पूर्ण खर्च एन्फाले नै बेहोर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .