ad ad

खेल


यसकारण पञ्जावले परिवर्तन गर्‍यो आफ्नो नाम

यसकारण पञ्जावले परिवर्तन गर्‍यो आफ्नो नाम

नेपालखबर
फागुन ९, २०७७ आइतबार ६:०,

इण्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सनको दुई दिनअगाडि किंग्स एलाभेन पञ्जावले आफ्नो नाम र लोगो परिवर्तन गर्यो।

आईपीएलको १४औँ सिजनसम्म आइपुग्दा पञ्जावले आफूलाई पूर्णरुपमा परिवर्तन गरेको हो। नयाँ सिजनमा पञ्जाव नयाँ नाम र लोगोका साथ आईपीएलमा भाग लिनेछ।

अक्सनको दुई दिनपछि पञ्जावका मालिक नेस वाडियाले भारतीय सञ्चामाध्यमसँग कुरा गर्दै पञ्जावको नाम परिवर्तन गर्नुको कारण खुलाएका छन्।

आईपीएलको १३औं संस्करणसम्म किंग्स एलाभेन पञ्जावको नामबाट आईपीएलमा भाग लिएको पञ्जावले अब पञ्जाब किंग्सको नामबाट खेल्नेछ।

पञ्जावले लामो समयदेखि आफ्नो नाम  परिवर्तन गर्ने कोशिस गरे पनि कोरोना भाइरसको महामारीका कारण यो काम रोकिएको थियो।

पञ्जावका मालिक वाडियाले भने, ‘हामीले धेरै वर्षदेखि चलिरहेको टिमलाई फेरि ब्रान्डिङ गरेर नयाँ बनाउनु आवश्यक छ। जस्तो कि भनिन्छ नि जब कुनै चिजले काम गर्दैन, त्यसलाई फेर्नुपर्छ र फेरि कोशिस गर्नुपर्छ। त्यसपछि त्यसले काम गर्न थाल्छ। टोलीमा पहिला प्लेइङ ११ मा मात्र ध्यान जान्थ्यो तर पञ्जाव किंग्स नाम राखेपछि समर्थकले आफूलाई यसमा जोड्न सक्छन्।’

सन् २०२० मा भएको आईपीएलमा नाम परिवर्तन गर्ने सोचे पनि कोरोनाको कारण त्यो सम्भव नभएको उनको भनाइ छ।

भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै वाडियाले भने, ‘जसले गर्दा अहिलेको मिनी अक्सन अथवा अर्को वर्ष हुने मेगा अक्सनमा नाम परिवर्तन गर्ने सोथको थियौँ तर अन्तमा हामीले यो वर्ष नै नाम परिवर्तन गर्ने निर्णय गर्यौं।’

पञ्जावले आईपीएल इतिहासमा एकपटक पनि आईपीएलको उपाधि जित्नसकेको छैन। सन् २०१३ मा पञ्जाव पहिलो पटक फाइनलमा पुगे पनि कोलकता नाइड राइडर्ससँग पराजित भएकोे थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .