ad ad

कला


दोस्रोपटक आमा बनिन् करिना कपुर

दोस्रोपटक आमा बनिन् करिना कपुर

नेपालखबर
फागुन ९, २०७७ आइतबार ५:४२,

बलिउड अभिनेत्री करिना कपुर दोस्रो पटक आमा बनेकी छन्।

आइतबार करिनाले दोस्रो सन्तानका रुपमा छोराको जन्म दिएकी हुन्। यसको जानकारी रणवीर कपुरकी बहिनी ऋद्धिमा कपुरले सामाजिक सञ्जालमार्फत दिएकी हुन्।

सुत्केरी व्यथा लागेपछि करिनालाई गएराति मुम्बइस्थित ब्रिज केन्डी अस्पतालमा भर्ना गरिएको थियो। करिना र बच्चा दुवैको स्वास्थ्य राम्रो भएको बताइएको छ।

सन् २०१२ मा विवाह गरेका सैफ अलि खान र करिना कपुरले यसअघि १०१६ मा छोरा तैमुरको जन्म दिएका थिए।

करिना र सैफअली खानलाई दोस्रो सन्तान मिलेपछि अहिले कपुर र पटौदी खानदानमा खुसीको लहर छाएको छ।

करिना र सैफलाई पुत्रलाभ भएसँगै अहिले उनीहरुका शुभचिन्तकहरुले सामाजिक सञ्जालमा बधाई दिइरहेका छन्।

दोस्रो श्रीमती करिनाले दोस्रो सन्तानको जन्म दिएपछि सैफ चार सन्तानको बाबु बनेका छन्।

 यसअघि सैफले पहिलो पत्नी अमृता अमृता सिंहतर्फ दुई सन्तान रहेका छन्। सैफकी छोरी सारा अली खानले बलिउड अभिनेत्री समेत हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .