ad ad

खेल


भोलिदेखि रुपन्देहीमा एक दिवसीय क्रिकेट हुँदै

भोलिदेखि रुपन्देहीमा एक दिवसीय क्रिकेट हुँदै

प्रकाश न्यौपाने
माघ २७, २०७७ मंगलबार ८:४४,

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा भोलिदेखि नेपाल टेलिकम रुपन्देही सुपर लिग प्रतियोगिता हुने भएको छ।

रुपन्देही क्रिकेट संघको आयोजनामा हुने उक्त एक दिवसीय प्रतियोगिता माघ २८ देखि फागुन २९ गतेसम्म चल्ने संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए। विगत ६ वर्षदेखि नेपालमै डिभिजन फर्मेटमा हुने यो पहिलो प्रतियोगिता हो।

आयोजकले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिम सहभागी हुने जनाएका छन्। आयोजकका अनुसार सुरुमा बी डिभिजन १२ टिमबीच प्रतिस्पर्धा गराइनेछ। त्यसबाट उत्कृष्ट ४ टिम ए डिभिजनमा उक्लिनेछन्। त्यसपछि ए डिभिजनका १२ टिमबीच प्रतिस्पर्धा हुनेछ।

संघका अध्यक्ष मल्लले प्रतियेगितामा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरु पनि खेल्ने जानकारी दिए। लिगका उत्पादन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु खेलिसकेका छन्।

प्रतियोगितामा बी डिभिजनका शंकर नगर क्रिकेट क्लब, ज्ञानोदय, बुटवल राइनोज, वेष्टर्न, गोलपार्क, बुटवल युथ, साई ग्लोबल, तिलोत्तमा, लुम्बिनी कासाई, सैनामैना, प्रोफेसनल मास्टर्स, स्टार क्रिकेट क्लब सहभागी छन्। यस्तै ए डिभिजनबाट देवदह क्रिकेट युनिट, न्यू होराइजन, बुटवल ११, तिरुपति, लुम्बिनी खुकुरी, बुद्ध स्पोर्टस, जिआर र एमसीसी क्रिकेट क्लब सहभागी हुनेछन्।

करिब १२ लाख रुपैयाँ खर्च लाग्ने प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्।

यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार रुपैयाँ प्रदान गरिने संघका सचिव संजय गुरुङले बताए। प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ। प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .