ad ad

खेल


रंगशाला निर्माणका लागि भरतपुर महानगरबाट चार करोड सहयोग

रंगशाला निर्माणका लागि भरतपुर महानगरबाट चार करोड सहयोग

नेपालखबर
माघ १४, २०७७ बुधबार १६:४,

पश्चिम चितवनको रामपुरमा निर्माणाधीन रंगशालाका लागि भरतपुर महानगरपालिकाले रु चार करोड सहयोग हस्तान्तरण गरेको छ।

धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका–१५ मा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले आज थप रु चार करोड सहयोग गरेको हो। यसअघि महानगरले फाउण्डेशनलाई रु चार करोड दिइसकेको छ।

महानगरपालिकामा आयोजना गरिएको कार्यालयमा प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई सो रकम बराबरको चेक हस्तान्तरण गरिन्। महानगरको आन्तरिक स्रोतबाट रङ्गशाला निर्माण कार्यका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई पटकपटक गरी पहिले रु चार करोड र अहिले थप रु चार करोड प्रदान गरिएको बताइन्।

सो अवसरमा फाउण्डेशनका अध्यक्ष धुर्मुसले रङ्गशाला निर्माणको कामलाई अगाडि बढाउन यो सहयोगले सहज बनाएको प्रतिक्रिया दिए । उनले स्थानीय सरकार र जनताको सहयोगमा रङ्गशाला निर्माण कार्यलाई टुङ्गोमा पु-याउने बताए। रङ्गशाला निर्माण सहयोगार्थ यसअघि महायज्ञको आयोजना गरिएको थियो।

चेक हस्तान्तरणको अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालसँगै उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायतको उपस्थिति रहेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .