ad ad

खेल


प्रधानमन्त्री कप क्रिकेटः एपीएफद्वारा नेपाल पुलिसलाई २०४ रनको लक्ष्य प्रस्तुत, आरिफ घाइते

प्रधानमन्त्री कप क्रिकेटः एपीएफद्वारा नेपाल पुलिसलाई २०४ रनको लक्ष्य प्रस्तुत, आरिफ घाइते

नेपालखबर
माघ १४, २०७७ बुधबार ६:५५,

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा सस्त्र प्रहरीको एपीएफले नेपाल पुलिस क्लबलाई २ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३ रनको योगफल तयार पारेको थियो।

एक समय १४ ओभरमा ४ विकेट गुमाएर ४३ रनको स्थितीमा रहेको एपीएफका लागि सुदीप जोरा र शंकर रानाले ६४ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। ९६ बलको सामना गरेका रानाले ४ चौका हान्दै ४४ रनको योगदान दिए। ४३ बलको सामना गरेका जोराले ३ चौका र १ छक्का हान्दै ३४ रन जोडे।

भुवन कार्कीले ४२ रनको योगदान गरे। ५६ बलको सामना गरेका कार्कीले १ चौका र २ छक्का हाने।

सुवास खकुरेल र कमल ऐरीले समान १९, कप्तान शरद भेषावकर १८ रन जोडे। आशिफ शेख र सुमित महर्जन एक एक रनमा पवेलियन फर्के।

अभिनास बोहोरो ११ र सुर्य तामाङ १ रनमा नटआउट रहे। ५ बलको सामना गरेका बोहोराले अन्तिमको २ बलमा एक छक्का र एक चौका हाने।

पुलिस क्लवका आरिफ शेखले आफ्नो स्पेलमा १ मेडन राख्दै ३१ रन खर्चेर ३ विकेट लिए। दिपेन्द्र सिंह ऐरि र ललित राजवंशीले समान २ विकेट लिए। सागर ढकाल र रसिद खानको नाममा समान १ विकेट रह्यो।

आरिफ घाइते
जारी प्रतियोगितामा फिल्डिङ गर्ने क्रममा आरिफ शेख घाइते भएका छन्। आरिफ ४६ औं ओभरमा फिल्डिङ गर्ने क्रममा गल्ली क्षेत्रमा घाइते हुन पुुगेका थिए। उनको खुट्टाको एङ्कलमा चोट लागेको छ। उनलाई मैदानमा प्राथमिक उपचार गरेपछि अस्पताल लगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .