ad ad

खेल


एनएनआईपीए स्पोर्ट्स अवार्ड फागुन ८ मा, ‘उदाउँदो वर्ष खेलाडी’ विधा थप

एनएनआईपीए स्पोर्ट्स अवार्ड फागुन ८ मा, ‘उदाउँदो वर्ष खेलाडी’ विधा थप

नेपालखबर
माघ १३, २०७७ मंगलबार ८:१६,

एनएनआईपीए स्पोर्ट्स अवार्डको यस पटकको संस्करण आगामी फागुन ८ गते हुने भएको छ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले आज मगंलबार पत्रकार सम्मेलन गर्दै अवार्ड मध्यपुर थिमी नगरपालिकामा आयोजना गर्ने जानकारी दिएको हो।

स्थानीय आयोजकका रुपमा रहको मध्यपुर थिमी नगरपालिकाले दुई पोखरीमा हुने अवार्ड कार्यक्रमको सम्पूर्ण व्यवस्थापन गर्नेछ।

कार्यक्रममा मध्यपुर थिमी नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठले अवार्ड कार्यक्रमलाई सफल रुपमा आयोजना गर्न आफुहरुले कुनै कसर बाँकी नराख्ने बताएका छन्। अवार्ड कार्यक्रमकै माध्यमबाट भक्तपुरको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने बताए।

khel award 12

अवार्डमा यसपटकदेखि राइजिङ प्लेयर अफ दि इयर अवार्ड अर्थात् ‘उदाउँदो वर्ष खेलाडी’ विधा थप गरिएको छ। सो विधालाई स्काई ब्रान्ड नेपालले प्रायोजना गरेको छ। समान ५० हजार रुपैयाँ रुपैयाँ पुरस्कार राशी रहेको राइजिङ प्लेयर अवार्डबाट एक महिला र एक पुरुषलाई सम्मानित गरिनेछ।

गत वर्ष स्वदेशमा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा समावेश २६ खेलका भविष्यमा उत्कृष्ट प्रदर्शन गर्ने सम्भावना देखिएका एक महिला र एक पुरुषलाई राइजिङ प्लेयर अफ दि इयर अवार्ड प्रदान संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए।

एनएनआईपीएको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीका लागि समान १ लाख रुपैयाँको पुरस्कार ग्लोबल आईएमई बैंकले प्रायोजन गर्दै आएको छ। त्यस्तै प्रतिभावान महिला र पुरुष खेलाडीका लागि समान ५० हजार रुपैयाँ युएसए एभरेष्ट तेक्वान्दोले प्रायोजन गर्दै आएको छ।

अघिल्लो वर्षभर गरेको प्रदर्शनको आधारमा सम्बन्धित राष्ट्रिय संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपीए वर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिदै आएको छ। ती उत्कृष्ट खेलाडीले सम्बन्धित संघ र एनएनआइपिएको सहकार्यमा समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यसपटकको अवार्डमा गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश भएका खेलाडी समेटिएको छ।

सोही अवार्ड समारोहमा १ जना खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र १ जना खेलकुद पत्रकार वा खेलकुद फोटो पत्रकार लाई एनएनआईपीए खेल पत्रकारिताबाट पुरस्कृत गरिने संघले जनाएको छ। संघको सिफारिसमा उत्कृष्ट घोषित हुने खेलाडीबाहेक अन्य विधाको विजेताका लागि एनएनआईपीएका मानार्थ अध्यक्ष

दीपक विष्टको संयोजकत्वमा छनोट समिति गठन गरिएको छ। जसमा नेपाल खेलकुद पत्रकार मञ्चका प्रतिनिधि सदस्यका रुपमा रहनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .