ad ad

खेल


वाग्मतीद्वारा लुम्बिनी प्रदेशलाई जितका लागि २ सय २१ रनको लक्ष्य प्रस्तुत

वाग्मतीद्वारा लुम्बिनी प्रदेशलाई जितका लागि २ सय २१ रनको लक्ष्य प्रस्तुत

नेपालखबर
माघ ११, २०७७ आइतबार ७:६,

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले लुम्बिनी प्रदेशलाई २ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वाग्मतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रनको योगफल तयार पारेको थियो।

वाग्मतीलाई उच्च स्कोर बनाउन अदिल खान र इसान पाण्डेले अर्धशतकिय पारी खेले। ८७ बलको सामना गरेका खानले ३ छक्का र ५ चौका मद्दतमा ५५ रनको योगदान गरे। ५३ बलको सामना गरेका पाण्डेले २ छक्का र ४ चौका मद्दतमा ५१ रन जोडे।

पृथु बास्कोटाले २९, कप्तान ज्ञानेन्द्र मल्लले १४ रन जोडे। नन्दन यादव ११ र तिकल भण्डारी शून्य रनमा नटआउट रहे। अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

लुम्बिनी प्रदेशका दिपेन्द्र रावत एक्लैले ३ विकेट लिए। किसन कार्की र सन्दिप सुनारले समान २ विकेट लिए। विक्रम भुसाल र अनिल खरेलको नाममा एक एक विकेट रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .