नेपाल पुलिस क्लबका अलराउण्डर पवन सर्राफले १३ बलमा अर्धशतक प्रहार गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्टिय पुरुष क्रिकेट प्रतियोगितामा पवन ५० रनमा नटआउट रहे।
पवनले १३ बलमा ५ छक्का र १ चौका मद्दतमा अर्धशतक पूरा गरेका हुन्। योसँगै उनले कम बलमा अर्धशतक पूरा गर्ने कीर्तिमान आफ्नो नाममा गरेका छन्।
पवनले सन् २०१९ मा संयुक्त अरब इमिरेन्ट्स युएईविरुद्ध खेल्दै एक दिवसीय क्रिकेटमा डेब्यु गरेका थिए।
प्रतिक्रिया