इन्डोनेसियन लिगा वानमा शनिबार भएको खेलमा जकार्ताले अरिमासँग २-२ गोलको बराबरी खेलेको हो। जकार्ताको लागि मार्को सिमिक र नोभ्री सेटिवानले एक एक गोल गरे। अरिमाको लागि हानिफ र अहमद नुरले एक एक गोल गरे ।
अघिल्लो सिजनका सर्वोत्कृष्ट खेलाडी रोहितले अरिमाविरुद्धको खेलमा पुरै समय मैदानमा बिताएका थिए।
बराबरीसँगै साविकको विजेता समेत रहेको जकार्ताले ८ खेलबाट ७ अंक जोडेको छ। एक खेलमात्रै जित्न सकेको जकार्ता लिगको १७ औं स्थानमा छ। अरिमाको ११ खेलबाट १९ अंकसहित चौंथो स्थानमा छ।
प्रतिक्रिया