फ्रान्सका विश्वकप विजेता तथा पिएसजीका युवा स्टार केलिएन एमबाप्पेले आफूले नेमारलाई पीएसजीमै बस्नका लागि अनुरोध गरेको बताएका छन्।
नेमार हाल पीएसजीबाट बार्सिलोना आउन चाहिरहेका छन्। यसबीचमा पीएसजीका एमबाप्पेको पछिल्लो भनाइ आएको हो।
‘मैले नेमारालई पीएसजीमै बस्न अनुरोध गरेको छु।’ नेमारलाई दाई मान्ने एमबाप्पेले भने,‘म उनको समस्या र अवस्था बुझ्छु, म उनलाई आदर गर्दछु।’
‘नेमार अहिले अभ्यासमा छन्। उनले निकै राम्रो गरिरहेको मैले देखेको छु।’ एमबाप्पेले भने। मार्का
प्रतिक्रिया