ad ad

खेल


तेस्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप-२१ ब्याडमिन्टनको उपाधि प्रिन्सलाई

तेस्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप-२१ ब्याडमिन्टनको उपाधि प्रिन्सलाई

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार ११:३०,

ब्याटमिन्टनका उदीयमान युवा खेलाडी प्रिन्स दाहालले तेस्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन्। 

राष्ट्रिय पुरुष एकलको शुक्रबार भएको फाइनलमा प्रिन्सले आर्मीका नविन श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेका हुन्। जितसँगै प्रिन्सले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरे।

प्रिन्सले सेमिफाइनलमा नेपालका नम्बर एक खेलाडी सेनाका रत्नजित तामाङलाई पराजित गरेका थिए। मंसिर २१ गते देखि सञ्चालित तोप २१ को आयोजना तथा चौतारा साँगाचोकगढी नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा १६ राष्ट्रिय खेलाडीहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .